तरकारी खेतिमा विष्ने रानाको उत्साह
विष्ने राना ६ जनाको परिवार सहित हुप्पसेकोट ४ रिपाहा बस्दछन् । खाडी मुलुकमा काम गरेर करिव २ वर्ष अघि स्वदेश फिर्ता भएका विष्ने को जीविकोपार्जनको मुख्य पेशा नै परमपरागत कृषि हो । जीविकाका लागि उनले परम्परागत शैलीमा आफुलाई चाहिने धान मकै र कोदो तथा तरकारी खेती गर्दै आएका थिए । यस किसिमको खेति प्रणालीले उनलाई परिवार पाल्न निकै मुुस्कील थियो । यसै क्रमका यिनको गाउँलाई कार्यक्षेत्र बनाइ हिकोडेफबाट संचालन भएको अनुकुलनका लागि तले खेति परियोजना ९ीँब्ए० अन्तरगत संचालन भएका स्थलगत प्राविधिक सहयोग,कृषक समुह बैठक, छलफल, तालिम जस्ता क्रियाकलापमा यिनले पनि सहभागि हुने अवसर पाए । जसले गर्दा यिनलाई उन्नत तरकारी खेति प्रति आर्कषित ग¥यो ।उनले तने बोडी गोलभेडा, र खुर्सानीको ब्यवसायिक खेति गर्न थाले। उनको यस प्रयासलाई थप उत्साह दिनका लागि उनलाई परियोजनाबाट टनेल निर्माणका लागि टनेल प्लाष्टी सिल पौलिन र १००० ली.को सिचाई पानी टंकी पनि उपलब्ध गरायो । उनले टनेलमा गोलभेडा खेति गर्न सुुरु गरेका छन् । कोरोना भाइरसको बन्दाबन्दीको अवस्थामा पनि विष्नेले ४०० के. जी. गोलभेडा उत्पादन गरि प्रति केंजी.रु २० मा बेचि रु ८०००।– कमाउन सफल भएका छन् भने १०० के.जी बाडी बाट रु ८०००।– कमाएका छन् । अहिले उनले बजारमा राम्रो मुल्य भएको अकबरे खुुर्सानी कम्तिमा एक रोपनीमा लगाएका छन् जुन बेच्नका लागि तयार भैसकेको छ । साथै उनी भन्दछन् “यस अकवरे खुर्सानी ५ रोपनीमा विस्तार गरि बर्षिक रु एक लाख भन्दा बेसी आम्दानी लिने हो ।” यसको साथै उनी यस बर्ष देखि कफी खेतिमा पनि अघि बढेका छन् । उनले यस बर्ष २० बटा कफी विरुवा पनि रोपण गरिसकेका छन् ।